News Griha :: न्यूजगृह
ए डिभिजन लिग : जावलाखेल र मनाङ मर्स्याङ्दीले बाँडे अंक

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा आइतबार जावलाखेल र मनाङले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा जावलाखेलले ३३औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको थियो । त्यस्तै ७५औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए भने खेलको ८० औं मिनेटमा विशन गुरुङले मनाङका लागि पहिलो गोल फर्काएका थिए ।

खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेललाई रोक्न सफल भए । बराबरीसँगै जावलाखेल ३१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अंक सहित सातौं स्थानमा छ ।

एनआरटी र फ्रेन्ड्सले पनि बाँडे अंक

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र फ्रेन्ड्सले बराबरी खेले । दुवै टिमले २–२ खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै एनआरटी २२ अंकका साथ तालिकाको आठौ स्थानमा छ भने फ्रेन्ड्स २० अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १८:२७
Weather Update