News Griha :: न्यूजगृह
बार्सिलोनाले रियललाई हरायो, एराउजोको आत्मघाती गोल

काठमाडौं— बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो । आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जितमा सजी रोबर्टो र फ्रान्क केस्सीले योगदान गरे ।

जसअनुसार पहिलो हाफको ९ औं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलका कारण पछि परेको बार्सिलोना ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

दोस्रो हाफको ८१औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन जसका कारण बार्सिलोना १–१ को बराबरीमा सिमित रहन पुग्यो ।

इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरेपछि बार्सिलोना २–१ को जित हासिल गर्न सफल भयो ।

यो जितसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधि नजिक छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०६:५९
Weather Update