आईपीएल
सूर्यकुमार चम्किँदा मुम्बई २७ रनले विजयी

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स तेस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा सूर्यकुमार यादव चम्किँदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई २७ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमारको शतक मद्दतमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनायो ।
मुम्बईका लागि सूर्यकुमारले अविजित १०३ रनको योगदान गरे, ईशान किशन ३१, कप्तान रोहित शर्मा २९, विष्णु विनोदले ३० रन बनाए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ०८:१४