
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरिन सफल भएको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गर्दै पुलिस रेलिगेसन जोनबाट बाहिरिन सफल भएको हो ।
पुलिसका लागि मोजेस ग्याबा खेलको आठौं मिनेट र मोहमद आशिकले ७९औं मिनेटमा गोल गरेका थिए । संकटाका लागि एकमात्र गोल निशान खड्का खेलको २३ औं मिनेटमा गरेका थिए ।
जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा १९ अंक छ । समान खेल खेलेको संकटाको २० अंक रहेको छ ।
त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दै मनाङ मस्र्याङ्दी क्लब अंक बाँड्न बाध्य भएको छ ।
खेलमा मनाङका लागि निराजन धामीले १३ औं मिनेटमा गोल गरेका थिए भने हिमालयनका लागि अबायानी फकुल्नीले ३६औं मिनेटमा गोल गरेका थिए ।
बराबरीसँगै मनाङ १७ खेलबाट २१ अंक रहेको छ भने हिमालयनको १७ खेलमा २१ अंक रहेको छ ।