News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने

काठमाडौं— इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पिनयसिप (आईओएफटिसी) को १४औं संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्टमा हुनेछ ।

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारीस्वरुप जिटु वर्ल्ड र्याङ्किङ तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण पदक विजेता राजु क्षेत्रीलाई आइओएफटिसीको झण्डा हस्तान्तरण गरेका थिए ।

एनआरएनए दक्षिण कोरियका पूर्व अध्यक्षका साथै अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री क्षेत्री सोलमा हुने १४औं आइओएफटिसीमा संयोजकको भूमिकामा रहने छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:०६
Weather Update