News Griha :: न्यूजगृह
युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा रोमा विजयी

काठमाडौं— युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा इटालियन क्लब रोमाले जित निकालेको छ ।

स्टेडियो ओलम्पिको रोमामा बिहीबार राति भएको खेलमा रोमाले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गर्दै जित निकालेको हो ।

दोस्रो हाफमा इडुएर्डो बोभले गरेको गोल नै निर्णायक बन्यो । इडुएर्डोले ६३औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०९:२६
Weather Update