ए डिभिजन लिग : शुक्रबार ६ क्लब एकआपसमा भिड्दै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार ६ वटा क्लब एकआपसमा प्रतिस्पर्धामा उत्रने भएका छन् ।
समय तालिकाअनुसार दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा क्लबले नेपाल पुलिसको सामना गर्नेछ ।
त्यसैगरी साँझ ६ बजे दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र फुटबल क्लब खुमलटार खेल्नेछन् ।
दिउँसो ३ बजे एन्फा कम्पलेक्समा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लब भिड्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ०८:१७