नेपाल र मलेसियाबीच टी–ट्वान्टी सिरिज हुने

काठमाडौं— नेपाल र मलेसियाबीच टी–ट्वान्टी सिरिज हुने भएको छ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना मलेसियाविरुद्ध पाँच वटा टी–ट्वान्टी सिरिज खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघका अनुसार नेपाल र मलेसियाबीच १५–२१ जेठसम्म मेलेसियामा टी–ट्वान्टी खेल हुनेछ ।
युएसडी युमेएल ओभलमा यी दुई टोलीबीच पहिलो खेल १५ जेठमा हुनेछ ।
दोस्रो खेल १६ जेठ, तेस्रो खेल १८ जेठमा, चौथो खेल २० जेठमा र २१ जेठमा पाँचौं तथा अन्तिम खेल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ०८:०६