News Griha :: न्यूजगृह
ए डिभिजन लिग : जावलाखेल पुनः शीर्ष स्थानमा

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार च्यासल फुटबल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल र फोडे फोफानाले १/१ गोल गरे । फ्रेन्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फर्काए ।

जितसँगै जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ । समान अंक रहेको चर्च ब्वाईजलाई पछि पार्दै हेड टु हेड नतिजाको आधारमा जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

पराजित फ्रेन्ड्स १६ खेलमा १९ अंक सहित तालिकाको एघारौं स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १८:२३
Weather Update