News Griha :: न्यूजगृह
युरोपेली च्याम्पियन्स लिगमा मड्रिड र म्यानचेस्टर बराबरीमा  

काठमाडौं— रियल मड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्  । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल र सिटी बराबरीमा रोकिएका हुन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन पुगेको थियो । पहिलो हाफको ३६औं मिनेटमा रियलका लागि भिनिसियस जुनियर गोल गरेर खेललाई सुरुआती अग्रता दिलाएका थिए । र, पहिलो हाफ १–०मा नै टुंगिन पुग्यो ।

तर दोस्रो हाफको ६७औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएना गोल फर्काए पछि खेल १–१ को बराबरीमा रहन पुग्यो । दुवै पक्षले एक अर्काको गोल पोष्टमा निरन्तर प्रहार गरे पनि अन्ततः खेल बराबरीमा नै टुंगिन पुग्यो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०७:५४
Weather Update