दि केरला स्टोरी : पश्चिम बंगालमा प्रतिबन्ध, उत्तर प्रदेशमा ‘ट्याक्स फ्री’

मुम्बई— विवादास्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा करमुक्त गरिएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई ट्याक्स फ्री गर्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा ट्याक्स फ्री गरिनेछ ।’
पश्चिम बंगालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको मुख्यमन्त्री ममता बर्नजीले बताएकी छन् ।
यो चलचित्रलाई लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा सुरु भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १०:३२