News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज तीन वटा खेल हुँदै छन् । तीन खेलमध्ये दुई वटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्रीस्टार र न्युरोड टिमबीच पहिलो प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

अर्को खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जावालाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

च्यासल खेल मैदानमा संकटा र सातदोवाटो भिड्ने छन् । यो खेल दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०९:४९
Weather Update