मेस्सीलाई लाउरेस स्पोर्टस् अवार्ड

काठमाडौं— स्टार फुटबलर लियोनल मेस्सीले लाउरेस वर्ल्ड स्पोर्टस् अवार्डको उपाधि जितेका छन् । मेस्सीका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जित हासिल गरेको छ ।
हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध मेस्सीले उक्त सम्मान विशेष भएको बताएका छन् ।
उनले भने, ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पीएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु ।’
गत विश्वकपको उपाधि जिताउन मुख्य भूमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सिले विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०९:०५