अष्ट्रेलियामा सम्मानित भए कराँतेका साग विजेता मन्डेकाजी

सिड्नी— दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अष्ट्रेलियामा सम्मानित भएका छन् ।
अष्ट्रेलिया ओपन कराँते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएनए अष्ट्रेलियाले सम्मान गरेको हो ।
एनआरएनए ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमकाबीच ७ सय अष्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन् ।
विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न हौसला मिल्ने मन्डेकाजीले प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०७:४४