News Griha :: न्यूजगृह
ए डिभिजन लिग : फ्रेन्ड्सकाे सहज जित

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । सोमबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र १६ औं मिनेटमा गोल गरे भने सन्तोष खत्रीले ७८ औं मिनेटमा गोल गरे ।

खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए । फ्रेन्ड्स १६ खेलबाट १९ अंकसहित तालिकाको ९ औं स्थानमा रहेको छ भने खुमलटार १६ खेलमा १७ अंकसहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

त्यस्तै सोमबार नै एन्फा कम्लेक्स सातदोबाटोमा  भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका छन् । मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए ।

पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए । मनाङ १६ खेलबाट २० अंकसहित सातौ स्थानमा छ । पुलिस १६ खेलमा १६ अंकसहित तालिकाको पुछारमा कायमै रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:१९
Weather Update