ए डिभिजन लिगमा १६औं चरणका खेल सुरु

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा सोमबारदेखि १६औं चरणका खेल सुरु हुँदै छन् । १६औं चरणका खेलको सुरुआती खेलमा फ्रेन्डस् र एफसी खुमलटार तथा नेपाल पुलिस र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
लिगको १५औं चरणका खेल सम्पन्न हुँदा फ्रेन्डस् क्लब १६ अंकसहित १३औं स्थानमा छ भने खुमलटार १७ अंकसहित १२औं स्थानमा छ ।
दिउँसो ३ बजे नेपाल पुलिस र मनाङ मर्स्याङ्दी भिड्ने छन् । सो खेल एन्फा क्लब सातदोबाटोमा हुने भएको छ । जारी लिगमा पुलिस १५ अंकसहित अन्तिममा छ भने मनाङ मर्स्याङ्दी १९ अंकसहित आठौँ स्थान रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ०९:४५