एन्फा कार्यसमितिको बैठक बस्दै

काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ ।
एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरूलाई पत्रमार्फत सोमबार दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आकस्मिक बैठकमा उपस्थित हुन अनुरोध गरिएकाे हाे ।
‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालीन बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ ।
यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झन्डै हातहालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिष्कार गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ०८:०६