News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कलाकार संघको अध्यक्षमा निरौला विजयी

काठमाडौं— नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी भएका हुन् ।

मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कूल ४ सय ६८ मत खसेको थियो ।

Prabhu Bank

महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल विजयी भए भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।

यसैगरी सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजयी हासिल गर्दा सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरू सबै निरौला प्यानलका हुन् ।

सदस्यतर्फ शीतल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्धव प्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) मतसहित विजयी भएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:१७
sagarmatha cementsagarmatha cement
Weather Update