इङ्लिस प्रिमियर लिग : लिभरपुल विजयी, मोहम्मद सालाहको निर्णायक गोल

काठमाडौं— मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल विजयी भएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्दै लिभरपुल विजयी भएको हो ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै १–० को अग्रता कायम गराउन सफल भए ।
त्यसपछि दुवै टिमबाट गोलका लागि प्रयास गरे पनि कतैबाट गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै लिभरपुल विजयी भयो ।
लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सीमित रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०८:१२