News Griha :: न्यूजगृह
मड्रिड कोपा डेल रेको च्याम्पियन 

काठमाडौं— रियल मड्रिड स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल मड्रिड च्याम्पियन बनेको हो ।

सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्दतले रियल च्याम्पियन बन्न सफल भयाे ।

खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफको खेल १–० मा नै टुंगिन पुगेको थियो ।

दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए ।

तर ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए । सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्दत पुग्यो ।

रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:५३
Weather Update