News Griha :: न्यूजगृह
मूलपानी क्रिकेट मैदानलाई पूर्णता दिन आग्रह

काठमाडौं— सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतृ गौतमले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताइन् ।

प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:०१
Weather Update