News Griha :: न्यूजगृह
सलमानको ‘किसीका भाइ किसीका जान’ले दुई हप्तामा कति कमायो ?

मुम्बई— ईदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाइ किसकी जान’ रिलिज गरेर फ्यानहरूलाई उपहार दिएका थिए । तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन ।

यो फिल्मले सय करोड त कमाएको छ तर, यो फिल्मले कम्तीमा १५० करोड कमाउने अपेक्षा गरिएको थियो । हामीले यो भनिरहेका होइनौँ, तर, फिल्मको दोस्रो हप्ताको कलेक्सन दिन प्रतिदिन घट्दै गएको हो । योसँगै १४औँ दिन पनि फिल्मले खासै कमाइ गर्नसकेको छैन । 

बक्स अफिस ट्र्याकर सचनिकका अनुसार सलमान खानको मल्टिस्टार फिल्मले १४औँ दिनमा १.१० करोड कमाएको छ । जबकि फिल्मको कुल कमाइ १०६.०७ करोड पुगेको छ । 

कुल ८० करोडको बजेटमा बनेको सलमान खानको ‘किसी का भाइ किसकी जान’ मा पूजा हेगडे, वेंकटेश दग्गुबाती, जगपति बाबु, जस्सी गिल, राघव जुयाल, सिद्धार्थ निगम, शहनाज गिल, भूमिका चावला, विजेंदर सिंह र पलक तिवारीलगायत कलाकार रहेका छन् । 

यसै सन्दर्भमा सलमान खान चाँडै नै टाइगर–३ ल्याउन लागेका छन्, जसको लागि उनका फ्यानहरू उत्सुक छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ११:११
Weather Update