News Griha :: न्यूजगृह
शहीद स्मारक ए डिभिजनमा दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदै छन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन् भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।

शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सीमित रहेको छ ।

यसैगरी दशरथ रंगशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रने छन् । निरन्तर वर्षाको कारण च्यासल मैदान खराब भएपछि उक्त खेल रंगशालमा हुन लागेको हो ।

पुलिसले १४ खेलबाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पा १४ खेलबाट १७ अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:१४
Weather Update