News Griha :: न्यूजगृह
चलचित्र कलाकार संघमा नेतृत्व चयन गरिँदै
भद्रकालीस्थित शनिबार नेपाल चलचित्र कलाकार संघको चुनावमा मतदान गर्दै नायिका रेखा थापा । तस्बिर : रासस

काठमाडौं— नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ ।

मतदानका लागि आज अभिनेत्री रेखा थापा, सञ्चिता लुइँटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरूको उपस्थिति रहेको थियो ।

उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ । त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन् ।

त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् ।

सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् । सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:२०
Weather Update