टेनिस खेलाडी अभिषेश आईटिएफ वरीयतामा सूचीकृत
काठमाडौं । टेनिस खेलाडी अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आईटिएफ) वरीयताको १ हजार ९ सय ३०औं स्थानमा अटाएका छन् ।
अघिल्लो सातामात्र काठमाडौंमा सम्पन्न सिटिजन बैंक राष्ट्रिय खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका अभिषेक आईटिएफको वरीयतामा सूचीकृत भएका हुन् ।
उनले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् । यससँगै अभिषेक आईटिएफ वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
१३ वर्षकै उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका उनले टेनिसको यात्रा ८ वर्षको उमेरबाट गरेका थिए ।
अभिषेकले हालसम्म यू–१४ विश्व च्याम्पियनसिपको समूह २, आईटिएफको मेन ‘ड्र’ ग्रेड १ देखि ५, दक्षिण एसियाली खेलकुद, एसियन्स गेम्सलगायताका प्रमुख प्रतियोगिता खेलेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १८:४४