News Griha :: न्यूजगृह
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, रोमाञ्चक खेलमा लुम्बिनी चुक्यो

काठमाडौं — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो ।

विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । विराटनगरले चेस गर्नुअघि जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो ।

यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो । तर विराटनगरले त्यसलाई पनि तोड्दै जित निकाल्यो ।

लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:१८
Weather Update