खण्डन
बादल पुत्रले भने— नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वगृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीकले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रेस वक्तव्य जारी गर्दै थापाले गृह मन्त्रालयमा हुँदा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै
आरोपको खण्डन गरेका छन् ।
थापाले भनेका छन्, ‘ ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १२:३०