News Griha :: न्यूजगृह
आईपीएलमा सर्वाधिक महँगो क्रिकेटर बने ऋषभ पन्त, २७ करोडमा लखनउले किन्यो

काठमाडौं —  इन्डियन प्रिमियर लिग (आईपीएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। 

यससँगै उनी आईपीएलका सर्वाधिक महँगो क्रिकेटर बने। आईपीएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले  महँगो रकम खर्चेको हो।

मृत्युको मुखैमा पुगेर फर्केका यी खेलाडीको पछिल्लो यात्रा आफैँमा अविश्वसनीय भएन त अब ? वास्तवमै उनी निकै उपयोगी खेलाडी हुन्, चाहे त्यो पारम्परिक टेस्ट क्रिकेट होस् अथवा यो खेलकै कान्छो ढाँचा टी–ट्वान्टी।

विकेटको पछाडि ग्लोभ्समा उनी सानदार छन् नै। झ्वाट्ट हेर्दा केही मोटो देखिन्छन्, त्यसैले विकेटकिपरका रूपमा उनको लचकदार प्रदर्शन हेर्दा नै विश्वास गर्न गाह्रो हुन्छ। ब्याटरका रूपमा उनको आक्रामकपन उत्तिकै आकर्षक छ।

image-(1)-1732497579.jpg
दुई वर्षअघि दिल्ली-देहरादुन राजमार्गमा दुर्घटनाग्रस्त कार र अस्पतालमा उपचाररत क्रिकेटर ऋषभ पन्त ।

यसैगरी पन्जाब किङ्ग्सले पनि श्रेयस एयरका लागि २६ करोड ७५ लाख भारतीय रुपैयाँ रकम खर्च गर्यो। श्रेयसको बेस पराइस् दुई करोड मात्र थियो। 

पछिल्लो आईपीएलमा अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्क कीर्तिमान रकममा बिक्री भएका थिए।  सो समय कोलकाता नाइट राइडर्सले स्टार्कमाथि २४ करोड ७५ लाख भारतीय रुपियाँ खर्चेको थियो। 

यसपालि स्टार्क ११ करोड ७५ लाखमा दिल्ली क्यापिटल पगे। यसै गरी आइतबार तेज बलर अर्सदीप सिंह १८ करोड

भारतीय रुपैयाँमा पन्जाब किङ्ग्स र मोहम्मद सामी १० करोड भारतीय रुपैयाँमा सनराइजर्स हैदरावादमा पुगेका छन्। इङ्ग्ल्यान्डका जस बटलरलाई गुजरात टाइटन्सले १५ करोड ५० लाख रुपियाँमा खरिद गर्यो। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०७:०८
Weather Update