News Griha :: न्यूजगृह
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टिम पाकिस्तान नगए के हुन्छ?
फाइल तस्बिर : रोयटर्स

 काठमाडौं— तीन महिनापछि पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना हुँदैछ। तर भारतीय क्रिकेट टिम पाकिस्तान जान्छ वा जाँदैन भन्ने अन्योल भने कायमै छ। सन् २०२१ मै आईसीसीले २०२५ को च्याम्पियन्स ट्रफीको आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो।

प्रतियोगिता नजिकिँदै गर्दा पाकिस्तानी सञ्चारमाध्यममा भारतीय टिम पाकिस्तान नजाने खबरहरू सार्वजनिक भएका छन्। भारतीय टिमले भने अहिलेसम्म सार्वजनिक रूपमा केही पनि भनेको छैन। भारतीय क्रिकेट टिम यसअघि सन् २००८ मा एसिया कपमा सहभागी हुन पाकिस्तान गएको थियो। जसको फाइनलमा श्रीलंकाले भारतलाई १०० रनले हराएको थियो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले च्याम्पियन्स ट्रफी टुरको घोषणा गरिसकेको छ। नोभेम्बर १६ देखि इस्लामावादबाट पाकिस्तान प्रशासित कश्मीर ट्रफी लगिने जनाइएको छ। सन् २००९ मा पाकिस्तानको गद्दाफी रङ्गशालामा श्रीलंकाली टिममाथि आक्रमण भएपछि सुरक्षामा गम्भीर गल्ती भएको भन्दै पाकिस्तानको कडा आलोचना भएको थियो। त्यसपछि पाकिस्तानले ठूला प्रतियोगिता आयोजना गर्नसमेत सकेको छैन।

सन् १९९६ मा श्रीलंका र भारतसँग मिलेर विश्वकप आयोजना गरेको थियो। पाकिस्तानी मिडियाले भारतीय टिम पाकिस्तान नजाने भनेर समाचार प्रकाशित गरे पनि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ने आधिकारिक रूपमा केही प्रतिक्रिया दिएको छैन समाचारहरूका अनुसार बीसीसीआईले पाकिस्तान जाने वा नजाने बारे भारत सरकारको अनुमति पर्खिरहेको छ।

यदि भारतीय टिम पाकिस्तान गएन भने के हुन्छ त ?

पाकिस्तानी भूमिमा गएर भारतीय टिमले नखेले हाइब्रिड मोडेल अपनाइन सक्नेछ। केही समाचारहरूका अनुसार बीसीसीआईले आईसीसीलाई भारतको खेल दोस्रो मुलुकमा आयोजना गराउन आग्रह गरेको छ। पीसीबीका अध्यक्ष मोहसिन नकवी भने अहिलेसम्म यसबारे केही पनि कुराकानी भएको छैन।

२०२३ मा एसिया कपमा पहिलोपल्ट हाइब्रिड मोडेलमा खेल भएको थियो। भारत पाकिस्तान जान नमानेपछि भारतका खेल श्रीलंकामा खेलाइएको थियो। हाइब्रिड मोडेललाई पाकिस्तानले स्वीकार नगर्ने र भारतले पाकिस्तानमा खेल्न नमानेमा च्याम्पियन्स ट्रफीको आयोजनाको जिम्मा नै दोस्रो देशले पाउने सम्भावना रहेको छ।

भारत र पाकिस्तानबीचको टकरावले विश्व क्रिकेटका ठूला प्रतियोगिताका बेला यस्तै अन्योल उत्पन्न हुने गरेका छन्।

–बीबीसी हिन्दीको सहयोगमा 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:०८
Weather Update