News Griha :: न्यूजगृह
महिला यू–१९ विश्वकप छनोट : खेल जित्न नेपाललाई ८४ रनको लक्ष्य

काठमाडौं— आईसीसी महिला यू–१९ टी२० विश्वकप एशिया छनोटको आज भइरहेको अन्तिम खेलमा यूएईले जितका लागि नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनाउन सक्यो।

यूएईका लागि समाइरा धरनिधर्काले ३१ रन, रिनिथा रजितथले २० रन‚ लाभन्या केनी र इन्दुजा नन्दाकुमार दुवैले १०/१० रन बनाए।

नेपालका लागि करिस्मा गुरुङले ४ विकेट, रिया शर्मा र सीमा केसीले २र२ विकेट तथा रचनाकुमारी चौधरीले १ विकेट लिए।

अघिल्ला पाँचै खेलमा जित हासिल गरेको घरेलु यूएई १० अंकका साथ अंकतालिकाको शीर्षमा रहेको छ।

४ जित र १ हारसहित ८ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ।

विश्वकपमा छनोट हुनका लागि नेपालले आजको यूएईविरुद्धको खेल रनरेट सुधार गर्दै जित्नैपर्ने दबाब छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:१८
Weather Update