
मुम्बई— बलिउड अभिनेत्री कट्रिना केफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाहपछि सार्वजनिक रूपमा उनको उपस्थिति कमै छ । यहीकारण उनका फ्यानहरूले सामाजिक सञ्जालमा मिडियासँग कट्रिना किन टाढिएकी छन् ।
हालैमात्र कट्रिना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कट्रिना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि, उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।
कट्रिना सार्वजनिक रूपमा कम देखिनु गर्भावस्था नभइ फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दैछिन् । निर्माताहरू फिल्म ‘टाइगर ३’लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् । उनीहरू ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यही कारण कट्रिना आफैँले सार्वजनिक रूपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।
उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कट्रिनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यही कारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।