
धनगढी—दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिमपहिरोमा परी बेपत्ता भएका मानिसहरूको बुधबार बिहानैदेखि खोजी सुरु गरिएको छ । हिमपहिरोमा ५ जना बेपत्ता भएका छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार बुधबार बिहानबाट पुनः खोजी सुरु गरिएको छ ।
हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली मंगलबार घटनास्थलतर्फ गएको थियो । वर्षा र हिमपातका कारण उद्धार गर्न नसकी फर्किएको थियो ।
यार्सागुम्बा संकलन गर्न गएका १२ जना हिमपहिरोमा परेका थिए । तीमध्ये ५ जना बेपत्ता छन् भने ७ जना सकुशल भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर, प्रविण कुँवरलगायत रहेका छन् ।
यो पनि पढ्नुहोस