पीएसजीले गर्याे मेस्सीलाई निलम्बन

काठमाडौं— फुटबल स्टार लियोनल मेस्सीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई साताका लागि निलम्बन गरेको छ ।
क्लबको अनुमति बिना मेस्सीले एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पीएसजीले निलम्बन गरेको हो ।
फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बीचको खेलपछि अर्जेन्टेनी कप्तान मेस्सी साउदी अरेबिया गएका हुन् ।
उक्त खेलमा पीएसजी पराजित भएको थियो । क्लबका अनुसार मेस्सीलाई खेलमा प्रतिबन्ध लाग्नुको साथै टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० ०७:४४