News Griha :: न्यूजगृह
साफ वुमेन्स च्याम्पियनसिपः नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु

काठमाडौं— साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जित्ने दौडमा रहेका नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु खेलमा घरेलु टोली निलो जर्सीमा मैदानमा उत्रिएको छ भने प्रतिद्वन्द्वी बंगलादेश रातो जर्सीमा छ । 

नेपालले हालसम्म पाँचपल्ट साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको छ । तर उपाधि जित्नबाट भने चुकेको छ । आजको खेलमा दुई पटक साफ वुमेन्स च्याम्पियनसिप खेलेको बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधिको खडेरी अन्त्य गर्ने दाउमा छ ।

दुई टोलीबीच हालसम्म भएका १२ मध्ये ६ खेलमा नेपाल विजयी छ भने १ खेल बंगलादेशले जितेको छ । ५ खेल भने बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा दुवै टिमले एकरएक जित निकालेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।

नेपालले यसअघि बंगलादेशविरुद्ध सन् २०२३ को हाङचाउ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

नेपाली टोलीले सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । बंगलादेशले भने भुटानसँगको खेलमा जित हासिल गरेसँगै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:३७
Weather Update