News Griha :: न्यूजगृह
काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं— काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ।

नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन्। नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:२८
Weather Update