News Griha :: न्यूजगृह
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा

काठमाडौं— बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन बङ्गलादेशले फाइनल यात्रा तय गरेको हो। 

बङ्गलादेशका लागि तहुरा खातुनले ३ गोल तथा सविना खातुनले २ गोल गरे। रितु चक्मा र मसुरा प्रविनले १/१ गोल गरे। 
भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन्। भुटान अघिल्लो संस्करणमा पनि बङ्गलादेशसँग नै पराजित भएको थियो।

दोस्रो सेमिफाइनलमा आजै नेपाल र भारतबीच साढे ६ बजे प्रतिस्पर्धा हुनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १७:४०
Weather Update