
काठमाडौं— एसीसी प्रिमियर कपको उपाधि होडमा पराजित टोली यूएईका कप्तान मोहम्मद वासिमले नेपालविरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताएका छन् ।
उनले सुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए । उनले योगफल झिनो भएकाले अपेक्षाअनुसार खेल हुन नसकेको समेत बताए ।
नेपालमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए ।
आयोजक एसीसीले सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएका हुन् । यससँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाएपनि वर्षाले अवरुद्ध भएको थियो ।