एसीसी प्रिमियर कप फाइनल
प्लेयर अफ दि म्याच गुल्सन भन्छन्– प्रशिक्षकले दिएको भूमिका निर्वाह गरेँ

काठमाडौं— एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्सन झाले योजना अनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको बताएका छन् ।
गुल्सन झा तेस्रो नम्बरमा ब्याटिङ गर्दै धरासायी बनेको नेपालको इनिङलाई भीम सार्कीसँग साझेदारी गरेका थिए । उनले करियरकै उत्कृष्ट ब्याटिङ गरे ।
गुल्सन फाइनल खेलको प्लेयर अफ दि म्याच पनि घोषित भए ।
अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भूमिकालाई निर्वाह गरेको बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १७:२४