उपाधि जितेपछि एसीसी प्रिमियर कपका उत्कृष्ट खेलाडी सन्दीपले के भने ?

काठमाडौं— नेपालमा भएको एसीसी प्रिमियर कप सिरिजका उत्कृष्ट खेलाडी नेपालका सन्दीप लामिछाने बनेका छन् ।
क्रिकेटर लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।
नेपालले एसिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको उनले बताए ।
नेपाली टोली अर्को श्रेणीमा उक्लिएको भन्दै कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एसिया कप रहेको बताए ।
नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीविरुद्ध जित निकाल्न निकै सहज भएको समेत लामिछानेले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १७:१९