एसीसी प्रिमियर कप फाइनल
नेपालले तीन विकेट गुमायो

काठमाडौं— एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तीन विकेट गुमाएको छ ।
नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेल आउट भएका हुन् ।
यूएईको लागि रोहन मुस्तफाले दुई र आयान अफ्जल खानले एक विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर फिल्डिङ गरेको नेपालले ३३.१ ओभरमा यूएईको १० विकेट लिइ ११७ रनमा रोकेको थियो । पानी परेपछि हिजो खेल पूरा हुन सकेको थिएन ।
११८ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले १७.१ ओभरमा ४७ रन बनाएको छ । क्रिजमा गुल्सन झा र भीम सार्की खेलिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १०:४५