ए डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । एन्फा कम्पेक्समा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल भिड्ने छन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
शीर्ष स्थानको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अंकमा सीमित छ ।
च्यासल खेल मैदानमा थ्रीस्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट नै सुरु हुनेछ ।
थ्रीस्टारले १३ वटा खेलबाट ६ वटामा जित हासिल गर्दै २२ अंक बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अंकमा सीमित छ ।
यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरू भइरहेको छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ०८:५७