लेस्टर सिटी र एभर्टनले अंक बाँडे

काठमाडौं— लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् ।
किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुआती अग्रता दिलाए ।
लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा गोल फर्काएपछि खेल १–१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो । तर जेमी भार्डीले ३३औं मिनेटमा गोल गरेपछि लेस्टर २–१ को अग्रता लिन सफल भयो ।
र, पहिलो हाफ २–१ को अन्तरमा टुंगियो । दोस्रो हाफको ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याइदिए ।
यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक बटुल्दै १६औं स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अंक बटुल्दै १९औं स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ०७:२८