News Griha :: न्यूजगृह
गरियो निराको अन्त्येष्टि

काठमाडौं— काठमाडौंको कपनस्थित सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ । सोमबार परिवारले निराको शव बुझेर अन्त्येष्टि गरेको हो ।

उनको ७ वैशाखको दिउँसो आफ्नै पसलमा हत्या भएको थियो । उक्त घटनामा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

आरोपित व्यक्ति सार्वजनिक गरेसँगै मृतक परिवारले शव बुझेका हुन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:२६
Weather Update