News Griha :: न्यूजगृह
८ मिनेटमा निराको हत्या 

काठमाडौं— कपन सरस्वतीनगरमा १० दिनअघि भएको हत्या लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सरस्वतीनगरस्थित निरू किचनकी सञ्चालक निरा पाण्डेको सिक्री लुट्न खोज्दा उनले प्रतिकार गरेकी थिइन् । त्यसपछि हत्या भएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । 

विनोद बाउन्सर समेत हुन् । निरामाथि १९ पटक छुरा प्रहार भएको प्रहरीले जनाएको छ । विनोदलाई शनिबार प्रहरीले झापाबाट पक्राउ गरी आइतबार काठमाडौंमा सार्वजनिक गरेको छ ।

८ मिनेटको बीचमै विनोदले निराको हत्या गरेको खुलेको छ ।  निराको हत्याअघि विनोदले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आर्थिक समस्याका कारण लुटपाट गरेको बनाय विनोदले दिएका एसएसपी दिनेशआचार्यले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:२७
Weather Update