News Griha :: न्यूजगृह
नेपाल क्यानडासँग पराजित

काठमाडौं— नेपाल त्रिकोणात्मक टी२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ। योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ।

१४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे।

May be an image of 5 people and textदीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए।

May be an image of 1 person and textत्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए। आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे।

May be an image of 1 person, crowd and textनेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन्।

May be an image of 2 people and textकुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४९४ रन बनाए। गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे।

क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १–१ विकेट लिए।

May be an image of 3 people and textनेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो। नेपालले अन्तिम खेल बुधकार ओमानसँग खेल्नेछ।

तस्बिरहरुः क्यान। 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०८:००
Weather Update