एसीसी कप
वर्षाले पनि रोकेन क्रिकेट क्रेज, छाता ओढेर क्रिकेट मैदानमा दर्शकहरू [फोटो फिचर]
![वर्षाले पनि रोकेन क्रिकेट क्रेज, छाता ओढेर क्रिकेट मैदानमा दर्शकहरू [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/ACC Cricket-Cup-Nepal-Kritipur21682925616.png)
काठमाडौं— कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण रोकिँदै चल्दै आइरहेको छ ।
जारी नेपाल र युएईबीचको फाइनल खेलमा वर्षा हुनासाथ खेल रोकिने र वर्षा रोकिनासाथ खेल पुनः चल्ने क्रम भइरहेको छ । पछिल्लो पटक पुनः वर्षाका कारण खेल रोकिएको छ ।
तर वर्षाका बीचमा पनि खेलमैदानमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ । रोकिएको खेल पुनः सुरु हुने आशामा दर्शकहरू छाता ओढेर खेलमैदान आसपासकै क्षेत्रमा ठुलो सङ्ख्यामा जम्मा भएर बसिरहेका छन् ।
पछिल्लो पटक खेल रोकिँदा युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिएका छन् भने गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १२:५८