News Griha :: न्यूजगृह
वेस्ट ह्याममाथि लिभरपुलको ५ गोल

काठमाडौं— लिभरपुलले वेस्ट ह्यामलाई बुधबार ५–१ ले हराउँदै लिगकपको उपाधि रक्षाको अभियान सुरु गरेको छ। डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछाडि रहेको स्थितिबाट यो पुनरागमन जित रचेको हो।

उसका लागि डिएगो कोस्टा र कोडी गाक्पोले दुईदुई गोल गरे।

अर्को खेलमा आर्सनलले बोल्टनलाई पनि समान ५–१ को जित निकालेको थियो। त्यसमा किशोर खेलाडी इथान एनवानेरीले दुई गोल गरे।

आर्सनलका लागि उनको यो पहिलो गोल पनि रह्यो। क्लबका लागि १७ वर्षीय खेलाडीले पहिलो पल्ट सुरुदेखि खेल्न मौका पाएका थिए र त्यसको लिग वान क्लबमाथि पूरा फाइदा पनि लिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:०२
Weather Update