
काठमाडौं— तीव्र गतिका बलर करण केसी, गुल्सन झा र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ ओडीआई वरीयतामा सुधार गरेका छन्।
ओपनर कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामीको वरीयता खस्किएको छ।
ओडीआईमा ब्याटिङतर्फ ओपनर आसिफ शेख ११ स्थान तल झर्दै ७९ औं स्थानमा पुगेका छन्। कुशल भुर्तेल ४ स्थान तल झर्दा ८० औं स्थानमा छन्। रोहित पौडेल ८७ औं स्थानमा यथावत छन्।
ओडीआईको अलराउन्डरतर्फ सन्दीपले एकै पटक २२ स्थान सुधार गरेका छन्। अष्ट्रेलियाका ट्रविस हेड, एडम जाम्पा र सन्दीपको समान १४७ अंक हुँदा ४१ औं स्थानमा छन्।
बलिङतर्फ भने उनी ४८ औं स्थानमा यथावत छन्। ललित राजवंशीको दुई स्थान खस्किदा ५२ औं स्थानमा पुगेका छन्। एक स्थान खस्किएका दीपेन्द्र ६४ औं स्थानमा छन्।
अलराउन्डरतर्फ करण केसीले एकै पटक ११ औं स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिएका छन्।
गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा छन्। त्यस्तै ललित राजवंशीले १ स्थान सुधार गर्दै ९४ औं स्थानमा छन्।
नेपालको ओडीआई वरीयता पनि खस्किएको छ। नेपाल नेपाल १ स्थान तल झदै १७ औं स्थानमा पुगेको छ।