News Griha :: न्यूजगृह
यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ

काठमाडौं— एसीसी प्रिमियर कपअन्तर्गत नेपालले यूएईविरुद्ध उत्कृष्ट  बलिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै यूएईले ब्याटिङ गरिरहेको छ । याे समाचार तयार पार्दासम्म नेपालले यूएईको चार विकेट लिएको छ ।

नेपालका लागि ललितनारायण राजवंशीले चौथो विकेट लिए । उनले ९.१ ओभरमा रामेज शाहजादलाई १ रनमा आउट गरे । यूएईले ९.१ ओभरमा चार विकेट गुमाउँदा ३५ रन जोडेको छ ।

करण केसीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा यूएईका आर्यन लक्रालाई १३ रनमा आउट गरे । करणले यूएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराए ।

यस्तै यूएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए । उनले ८ बलमा ११ रन जोडे । खेल जारी छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १०:०४
Weather Update