News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप फाइनल : यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं— एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ । आज यूएईलाई पराजित गर्न सकेमा नेपालले एसीया कप खेल्ने छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:४७
Weather Update